
May 16 2025 | २०८२, जेठ २ गते
विश्वासको मत नलिएसम्म देउवाले सानो आकारको मन्त्रिमण्डल बनाउन लागेका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने भएका छन् । स्रोतका अनुसार आज नै देउवाले आफू नेतृत्वको मन्त्रिमण्डलमा पाँचजना मन्त्रीलाई नियुक्त गर्ने भएका हुन् । विश्वासको मत नलिएसम्म देउवाले सानो आकारको मन्त्रिमण्डल बनाउन लागेका हुन् ।
नयाँ मन्त्रिमण्डलमा कांग्रेसबाट बालकृष्ण खाँड र मिनेन्द्र रिजाललाई आफ्नो मन्त्रिमण्डलमा सहभागी गराउने स्रोतले जानकारी दियो । माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री हुने स्रोतको दावी छ । स्रोतका अनुसार यादव पक्षबाट सरकारमा सहभागी हुन यादव आफैं, महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, मृगेन्द्रसिंह यादव, राम यादव, इस्तियाक राइ, रेणु यादव तथा प्रदीप यादव मध्येबाट ६ जनालाई साथमा लिएर जाने देखिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij