
May 16 2025 | २०८२, जेठ २ गते
ललितपुर । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा खनाल-नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले माइतीघरमा मण्डलामा शङ्ख फुक्दै विरोध प्रदर्शन गरेका छन् । साथै नेपाल आयल निगमलाई मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।
नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।
असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने आन्दोलनका कार्यक्रमहरु रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij