
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बिस्तार गर्न लागेका छन् । आज बिस्तार भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने छ । हाल १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री थपेर सरकारलाई पूर्णता दिन लागिएको हो ।
मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन नेताहरूसँग परामर्शमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij