
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । उपप्रधानमन्त्री नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले फेरि विवादीत अभिव्यक्ति दिएका छन् ।
शुक्रबार उपप्रधानमन्त्री र शहरी विकास मन्त्रीमा नियुक्त भएका महतोले नेपाल एकल राज्य नभएर बहुल राज्य बनाउनुपर्ने बताएका छन् । शनिवार पार्टी कार्यालयमा गरिएको नवनियुक्त मन्त्रीहरुहरुको स्वागत कार्यक्रममा बोल्दै महतोले एक्त कुरा बताएका छन् ।
मन्त्री नियुक्त भए लगत्तै विवादमा तानिए राजेन्द्र महतो, वामदेवले भने:- 'नेपाललाई बिघटन गर्ने आन्दोलन स्वीकार्य हुन सक्दैन मन्त्री नियुक्त भए लगत्तै विवादमा तानिए राजेन्द्र महतो, वामदेवले भने :-नेपाललाई बिघटन गर्ने आन्दोलन स्वीकार्य हुन सक्दैन ।'
उनले नेपाल बहुलताले भरिएको देश भएकोले एकल राज्य नभई बहुल राज्य हुनुपर्ने बताए । शुक्रबार सपथ ग्रहणपछि पनि महतोले यहि अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए ।
उनको यस अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ । महतोले शनिवारको स्वागत कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पार्टीको नीतिलाई ध्यान दिदै काम गर्न निर्देशन दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij