Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

मन्त्रीबाट हटेलगत्तै प्रदीप ज्ञवालीद्वारा सम्पत्ति विवरण सार्वजनिक

मन्त्रीबाट हटेलगत्तै प्रदीप ज्ञवालीद्वारा सम्पत्ति विवरण सार्वजनिक

  • काठमाडौं । मन्त्रीबाट हटेलगत्तै एमाले नेता प्रदीप कुमार ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।उनले आफ्नो सम्पत्ति विवरण सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    नेता ज्ञवालीले आफु करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेको उल्लेख गर्दै उक्त अवधिमा विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० रुपैयाँ र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार रुपैयाँ गरी जम्मा ९ लाख ३४ हजार ९३० रुपैयाँ पार्टीको खातामा जम्मा भएको बताएका छन् । त्यसैगरी पारिश्रमिकको कर कट्टीबापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको जानकारी दिएका छन् ।

    नेता ज्ञवालीले हाल आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको पनि बताएका छन् । मन्त्री बनेपछि सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नआएको पनि उनले जानकारी गराएका छन् ।

    उनले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रवारनै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास शनिवार बिहान छाड्ने पनि उनले स्पष्ट पारेका छन् ।

    197154007_1182317252206730_4549250389316512810_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij