
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा सहभागी नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार राति ८ बजे सपथ खुवाउने तयारी गरेका छन् ।
जनता समाजवादी नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो समूहका नेताहरुलाई सहभागी गराएर गरिएको विस्तारित मन्त्रिपरिषदमा एमालेका मन्त्रीहरुको जिम्मेवारी फेरबदल भएको छ । केही मन्त्रीहरु पदमुक्त भएका छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतो पदमुक्त हुने भएकी छन् । उनी आउट हुँदा उनका श्रीमान भने विस्तारित मन्त्रिपरिषद्म सहभागी हुने भएका छन् ।
जुली मन्त्रीबाट पदमुक्त हुँदा उनका श्रीमान् रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । canadanepal
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij