
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा जसपाको ठाकुर/महतो खेमाले मन्त्रिमण्डलमा सहभागी हुने ८ मन्त्री र २ राज्यमन्त्रीको नाम बुझाएको छ । राजेन्द्र महतोको नेतृत्वमा ८ जना मन्त्री र २ राज्यमन्त्रीसहित ओली नेतृत्वको सरकारमा सामेल हुन लागेको हो ।
जसअनुसार महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालय सम्हाल्ने बताइएको छ । जसअनुसार अर्थमन्त्री विष्णु पौडेल, निर्माण तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मात्र निरन्तरता पाउने भएका छन् । पौडेललाइ उपप्रधानसहित अर्थ, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामांगलाइ स्वास्थ्य र रघुवीर महासेठलाइ परराष्ट्र मन्त्री बनाइएको छ ।
मधेशी नेताहरुकाअनुसार शरदसिंह भण्डारीले ऊर्जा तथा जलस्रोत, लक्ष्मणलाल कर्णले भूमिसुधार, अनिल झाले खानेपानी, विमल श्रीवास्तवले श्रम तथा रोजगार, उमाशंकर अगरियाले वन तथा वातावरण र भूमिसुधार, एकवाल मियाँले युवा तथा खेलकुद, चन्दा चौधरीले महिला मन्त्रालय सम्हाल्ने बताइएको छ ।
त्यसैगरी,रेणुका गुरुङ महिला राज्यमन्त्री,चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री रहनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij