Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन आज, पाण्डे र खड्काको प्रतिस्पर्धा

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन आज, पाण्डे र खड्काको प्रतिस्पर्धा

  • काठमाडौं । लुम्बिनी प्रदेशमा सोमबार राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा मतदानको लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुँदैछ । उपनिर्वाचनमा दुई जना उम्मेदवार रहेका छन् । 

    images
    images
    images

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट दीर्घनारायण पाण्डे उम्मेदवार रहेका छन् भने एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

    उम्मेदवार पाण्डेलाई एमालेको माधव नेपाल समूहले पनि समर्थन गरेको छ । पाण्डे यसअघि एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य हुन् । 

    उनी एमालेको सांसदबाट राजीनामा दिएर कांग्रेसमा गएका थिए । खड्का पनि लुम्बिनीबाटै निर्वाचित राष्ट्रियसभा सदस्य हुन्। उनी पनि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij