Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

आजकाे एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान १० बजे बस्ने

आजकाे एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान १० बजे बस्ने

  • काठमाडौँ।  नेकपा एमाले स्थायी कमिटी  साँझ ५ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक आकस्मिकरुपमा स्थगन गर्नु परेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    images
    images
    images

    यसअघि नेकपा एमालेले एमाले नेता माधवकुमार नेपाल पक्षका ११ जना सदस्यलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो भने थप १२ जनालाई स्पष्टीकरण सोधेको थियो । यसपछि पनि नेता नेपाल पक्षले विपक्षी गठबनधनसँग मिलेर एमाले पार्टी नेतृत्वको सरकारको कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथी बहस जारी छ ।

    यसैक्रममा आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल पक्षको गतिविधिलाई लक्षित गर्दै आफ्नै पार्टीहित विपरीतको गतिविधि इतिहासमै अहिलेसम्म नभएको अनुशासनहिन कार्य भएको अभिव्यक्ति दिएका थिए । साँझ बस्ने भनिएको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा छलफल गरिने भनिएको थियो । यसैक्रममा अकस्मात् बैठक स्थगित भएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij