
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । शुक्रवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । आगामी आर्थिक वर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट हुने सम्बोधनमा पछिल्लो राजनीतिक घटनाक्रम र बजेटका विषयमा जानकारी गराउने बुझिएको छ ।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij