Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

खोप व्यवस्थापनका लागि राष्ट्रपतिको पहल : चीनलाई फोन, भारतलाई पत्र

खोप व्यवस्थापनका लागि राष्ट्रपतिको पहल : चीनलाई फोन, भारतलाई पत्र

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोप व्यवस्थापनमा गम्भीर चासो लिएकी छन् ।

    images
    images
    images

    उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी जिनपिङसँग बुधबार दिउँसो भएको ‘टेलिफोन वार्ता’मा राष्ट्रपति भण्डारीले ‘नेपाललाई कोरोना भाइरसविरुद्धको खोप खरिदमा आवश्यक सहजीकरण’का लागि आग्रहसमेत गरेकी छन् ।

    चिनियाँ समकक्षी सीले ‘असल र घनिष्ट छिमेकी मुलुकका नाताले नेपाललाई सक्दो सहयोग गर्न चीन सकारात्मक रहेको’ बताएका छन् ।

    नेपाल–चीन सम्बन्ध, ऐतिहासिक परम्परा तथा बुद्धजयन्तीसहित दुवै देशका राष्ट्रपतिबाट भएको भ्रमणमा भएका समझदारी कार्यान्वयनबारे पनि भण्डारी र सीबीच छलफल भएको छ ।

    यसअघि, मंगलबार राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई ‘कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिने विषयमा पहल गरिदिन’ अनुरोध गरेकी थिइन् । समकक्षी कोविन्दलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउँदै उनले ‘नेपाललाई खोप उपलब्ध गराउने विषयमा सहजीकरण गरिदिन’ आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले जानकारी दिए ।

    पत्रमा यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवादसमेत दिइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij