Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च

प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च

  • काठमाडौं । सर्वोच्च अदालतले प्रधाननन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट नभएको जानकारी गराएको छ । सोमबार राति बालुवाटारमा भेट भएको भन्ने समाचार प्रकाशित भएका थिए । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त समाचार कपोकल्पित भएको र त्यसको भ्रममा नपर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    “उल्लेखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवम् यसप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेदजन्य विषय हो । अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्यायसम्पादनको कार्यलाई प्रतिकूल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्यतथ्य र यथार्य अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन हुनु दुखद् अवस्था हो । यस प्रकारका कार्यहरु संविधान, कानुन र स्वयम् पत्रकार आचारसंहिताको समेत प्रतिकूल हुने हुँदा कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछौँ । साथै, यस्ता भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij