
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज पूर्व सभामुखहरुसँग छलफल गर्ने भएका छन् । प्रतिनिधि सभा विघटन पछिको अवस्थाको बारेमा छलफल गर्न आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा पूर्व सभामुखहरुलाई बोलाइएको छ । सभामुख सापकोटा र पूर्व सभामुखहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।
गएको शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावको घोषणा गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सभामुख सापकोटाले संविधानविद्हरुसँगछलफल गरी यसको विरोध गरेका थिए ।
छलफलमा दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, सुवास नेम्वाङ, कृष्णबहादुर महरा लगायतका पूर्व सभामुखहरु सहभागी हुनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij