
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । बागलुङको बरेङ गाउँपालिका–२ का नगेन्द्र थापाले केही महिना पहिला गाउँमा नै इन्टरलक इँटा उद्योग सञ्चालनमा ल्याउनुभयो । झण्डै रु १५ लाख खर्चेर उहाँले सञ्चालन गरेको इँटा उद्योगले उहाँ, उहाँको परिवार र गाउँका केही युवालाई समेत रोजगारी दिन शुरु गरेको छ । देशका ठूला शहर पस्ने वा विदेश जाने गाउँका अन्य युवाको लहडलाई चुनौती दिँदै थापाले सञ्चालन गरेको उद्योगले गाउँको विकासमा टेवा पुर्याउने आशा गरिएको छ । निजी लगानीमा सञ्चालनमा आएको उद्योगले दैनिक झण्डै रु एक लाखको कारोवार गर्छ ।
कोभिड–१९ का कारण प्रभावित भएका युवालाई राजगारीसँग जोड्ने भन्दै गाउँपालिकाले केही कार्यक्रमसमेत ल्याएको छ । महिला स्वरोजगार कार्यक्रम, युवालाई स्वरोजगार बनाउने कार्यक्रम र उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनुहुन्छ । युवाको इच्छाशक्ति र स्थानीय सरकारको तारतम्य मिलाएर बरेङमा युवा उद्यमीहरुको विकास शुरु भएको छ । नगेन्द्र जस्तै बरेङमा कृषि, पशुपालन र साना उद्योगहरुमा पछिल्लो समय युवाहरुको आकर्षण छ । बरेङमा आलुखेती राम्रो हुन्छ । अलैँचीको व्यावसायिक खेती यहाँका किसानले शुरु गरेका छन् । जसमा युवाको आकर्षण छ । बाख्रा, भैँसीपालनका लागि बरेङ उत्तम ठाउँ हो । वार्षिक खशी बोका तथा पाडापाडीको बिक्री गरेर गुजारा चलाउनेको सङ्ख्या धेरै रहेको गाउँपालिकाका अध्यक्ष शर्मा बताउनुहुन्छ ।
कहिले कलाकारिता त कहिले पत्रकारिता हुँदै रोजगारीको क्रममा भारतका विभिन्न प्रदेशमा पुग्नुभएका जैमिनी नगरपालिका–७ जैदीका कमल राना यतिबेला माछापालनमा लाग्नुभएको छ । कालिगण्डकीको तिर नजिकै दुई वटा ठूला पोखरी निर्माण गरेर रानाले व्यावसायिक माछापालन थाल्नुभएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij