
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता धनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको उत्तर पठाएका छन् ।
पार्टीको विधानविपरित काम गरेको भन्दै अध्यक्ष ओलीले नेता भुसालसहित ५ नेताहरुलाई स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफ फर्काउँदै नेता भुसालले ओलीले आफूहरुलाई सोधिएको स्पष्टीकरण शत्रु देशका नागरिकलाई पठाइएको जस्तो भएको टिप्पणी गरेका छन् । साथै ओलीले पूर्वाग्रही ढंगले आफूहरुलाई स्पष्टीकरण सोधेको दाबी गर्दै पार्टी पंक्तिलाई ओलीको झुटबारे जानकारी दिन पत्र लेखेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij