
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १२ बजेका लागि बोलाइएको बताइएको छ । सोमबार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
पार्टीबाट निलम्बन गरिएपछि नेपाल र रावलले अध्यक्ष ओलीको उक्त कदमको अस्वीकार गरिसकेका छन् । आज बस्ने बैठकमा यसै बिषयलाई लिएर छलफल गरिने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij