
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरूद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल न्यायिक पुनरावलोकनका लागि आज सर्वोच्च अदालत जान लागेको नेता लीलामणि पोखरेलले जानकारी दिए ।नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा कानुन व्यवसायीहरूसँग छलफल र पार्टीको निर्णायानुसार पुनरावलोकनका लागि जान लागिएको पोखरेलले बताए । अदालतले फागुन २३ गते नेकपा कट्टेलको हुने ठहर गर्दै ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा आ–आफ्नै पार्टी एमाले र माओवादीमा फर्किन आदेश दिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij