Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

ललिता निवास जग्गा प्रकरणः माधवकुमार नेपालविरुद्ध मुद्दाको सुनुवाइ हुँदै

ललिता निवास जग्गा प्रकरणः माधवकुमार नेपालविरुद्ध मुद्दाको सुनुवाइ हुँदै

  • काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितलाई मुद्दा चलाउन माग गर्दै दायर रिटको सोमबार सुनुवाइ आज हुँदैछ । पूर्वप्रधानमन्त्री नेपालसहितका केही व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले उनीहरुविरुद्ध पनि मुद्दा चलाउनु पर्ने माग गर्दै दायर रिटको सोमबार सुनुवाइ हुन लागेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलाशमा पेसी तोकिएको छ। 

    images
    images
    images

    ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा विभिन्न उच्च व्यक्तिसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । यसअघि गत फागुन २ गते सर्वोच्चले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नका लागि प्रमाण उपलब्ध गराउन आदेश जारी गरेको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij