Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

अब कर्णाली प्रदेशमा एमालेको सरकार बन्छ : सुशील थापा

अब कर्णाली प्रदेशमा एमालेको सरकार बन्छ : सुशील थापा

  • सुर्खेत । कर्णाली प्रदेश सरकार धरापमा पर्ने अवस्थामा देखिएको छ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदले साथ छोड्ने तयारी गरेसँगै प्रदेश सरकार धरापमा पर्ने देखिएको हो । सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल पक्षले ‘गुटको बैठक’भन्दै मुख्यमन्त्रीलाई आफूहरुको समर्थन कायमै रहेको बताएको थियो । ‘अब पहिलेको जस्तो अवस्था रहेन,नेपाल पक्षका सांसद सुशील थापाले भने, ‘सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा हामी छैनौँ ।

    images
    images
    images

    नेपाल पक्षका सांसदहरुले चैत ४ गते यता कानुनका जानकारहरुसँग १० जनाको उपस्थितिमा भएको दलको बैठकको वैधानिकता, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अहिलेको सरकारलाई आफ्नो पक्षको समर्थन कायम राख्दा हुने जटिलताका विषयमा छलफल गरेका थिए ।

    सांसद थापाले मुख्यमन्त्री शाहीलाई २०७४ फागुन ४ गते नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने दलको निर्णयलाई सबैले समर्थन गर्ने पनि बताए । दलको बैठकले समर्थन फिर्ताको निर्णय गरिसकेकाले यसलाई टुंगोमा पुर्याउँछौँ,’ उनले भने, अब कर्णालीमा एमालेको सरकार बन्छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij