काठमाडौं । प्रदेश नं १ को प्रदेश सभा बैठक चैत २३ गते सोमवार बस्ने भएको छ । चैत १ गते अनिश्चित कालका लागि स्थगित गरिएको बैठक सोमवार दिउँसो २ बजेका लागि बोलाइएको हो । आज (आइतवार) एक सूचना जारी गर्दै प्रदेश नं १ को प्रदेश सभा सचिवालयले जानकारी गराएको हो ।