Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

होली पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : मन्त्री ढकाल

होली पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : मन्त्री ढकाल

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्‍याउने बताएका छन् । फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्ता पर्वले आपसी सद्भाव र भाइचारा अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गरे । मन्त्री ढकालले शुभकामना सन्देशमा कोभिड– १९ संक्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डलाई अपनाएर मात्र फागुपर्व मनाउन पनि अनुरोध गरेका छन् । उनले सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाइने गरेको उल्लेख गरे ।

    images
    images
    images

    पर्यटनमन्त्री ढकालले सन्देशमा भनेका छन्, “नेपालमा आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा विशेष उल्लासपूर्वक रङ्गको प्रयोग गरेर मनाइँदै गरेको २०७७ सालको फागुपर्व (होली)का अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij