Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

‘अपमानको बैँस चढ्दो छ, त्यसलाई पचाएर पार्टी जोगाऔं’- रामकुमारी झाँक्री

‘अपमानको बैँस चढ्दो छ, त्यसलाई पचाएर पार्टी जोगाऔं’- रामकुमारी झाँक्री

  • काठमाडौँ । नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहंकार र घमन्डलाई पचाएर भएपनि पार्टी बचाउने संकल्प लिएको बताएकी छन् । नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल (खनाल–नेपाल) पक्षकी नेत्री झाँक्रीले शनिवार एक ट्वीट गर्दै पार्टी भित्र र बाहिर दलाल पुँजीवादको विरुद्धमा लडिरहनुपर्ने भन्दै पार्टी र आन्दोलनलाई विसर्जन हुनबाट बचाउनु अहिलेको युगिन दायित्व भएको बताएकी हुन्।

    images
    images
    images

    उनले लेखेकी छन्, ‘दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैँस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ ।’ ‘लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगिन दायित्व हो।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij