
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधनबारे शोक प्रस्ताव गर्न शनिवार बिहान साढे ११ बजे आकस्मिक बैठक बोलाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ । श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर शनिवार मध्याह्न १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।
जोशीको पार्थिव शरीरलाई बिहान ९ बजे नर्भिक अस्पतालबाट निकालिनेछ भने १० बजे यट्खास्थितनिवासमा श्रद्धाञ्जलीका लागि राखिनेछ। काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन शुक्रवार साँझ ८ः २४ मा नर्भिक अस्पतालमा भएको हो। ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij