Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

एमाले संसदीय दलको बैठक शुरु : झलनाथ सहभागी, गएनन् नेपाल

एमाले संसदीय दलको बैठक शुरु : झलनाथ सहभागी, गएनन् नेपाल

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक शुरु भएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि शुरु भएको हो ।

    images
    images
    images

    आजको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा उक्त पक्षका सांसदहरु सहभागी भएका छन् । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने उक्त बैठकमा सहभागी भएका छैनन् ।

    आज नेपाल पक्षका सांसदहरुको केन्द्रीय कमिटी बैठकले उक्त बैठकमा सहभागी हुने बताएका थिए ।

    यसअघि गत चैत ७ गते प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्षका सांदसहरु उपस्थित भएका थिएनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij