Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, सामाजिक विकास मन्त्रीमा उषाकला राई (नामावलीसहित)

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, सामाजिक विकास मन्त्रीमा उषाकला राई (नामावलीसहित)

  • काठमाडौं । प्रदेश नं १ को मन्त्रिपरिषद् विस्तार भएको छ । शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री शेरधन राईले रिक्त रहेका मन्त्रिहरु नियुक्त गरेका हुन् । त्यसै अनुसार प्रदेश १ को सामाजिक विकास मन्‍त्रालयको जिम्मेवारी उषाकला राईलाई दिइएको छ भने आर्थिक मामिला तथा योजना मन्त्रीमा टंक आङबोहाङ रहेका छन् ।

    images
    images
    images

    मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश १ सरकारका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले शपथ खाएका छन्।

    त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ कृषि राज्यमन्त्री कला घले र वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा नियुक्त भएका छन् ।

    त्यस्तै आज नै उनीहरुले पद तथा गोपनियताको सपथ खाएका छन् ।

    आज नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीहरुले मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनियताको सपथ लिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij