
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायतका राजनीतिक बन्दीहरूको नि:शर्त रिहाइको माग गरेका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र निस्शर्त गर ! थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुने गरी संविधान संशोधन गर १ यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ! यो क्षणिक सत्तास्वार्थ निम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस !’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij