
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नेकपा(एमाले)को केन्द्रीय कार्यालय थापाथली स्थित नयाँ भवनमा सार्न लागिएको छ । हाल धुम्बाराहीमा रहेको केन्द्रीय कार्यालय त्यहाँ सार्न लागिएको हो । बैशाख १ गते सर्ने उक्त घर साढे २ तलाको १३ कोठा रहेको र पाँच वर्षको लागि सम्झौता भएको बताइएको छ ।
साथै प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एमाले)को केन्द्रीय कार्यालय बनाउन लागिएको भवनको निरीक्षण गरेका छन् ।
आज बुधवार थापाथली स्थित नेकपा(एमाले)को केन्द्रीय कार्यालय सार्न लागिएको नयाँ भवनमा प्रधानमन्त्री ओलीले निरीक्षण गरेका हुन् । प्रधानमन्त्री ओलीको साथमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।
नेकपा(एमाले) को कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्न लागेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij