
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतवासद्वारा आज (मंगलवार) उक्त देशको राष्ट्रिय झण्डा फहराइएको छ । आफ्नो राष्ट्रको झण्डोत्तोलन गर्दै यहाँस्थित पाकिस्तानी राजदूत सयद हैदर शाहले आफ्ना पूर्वजले परिकल्पना गरेको पाकिस्तान निर्माण गर्न सबै पाकिस्तानीले आफ्नो प्रतिबद्धताको पुनर्पुष्टि गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले राष्ट्रिय दिवसका अवसरमा जारी गरेको सन्देश वाचन गरिएको थियो । सन्देशमा उनीहरूले पाकिस्तानलाई आर्थिकरुपमा सशक्त एवं समृद्ध तुल्याउन पाकिस्तानीको दृढ प्रतिबद्धता अपरिहार्य भएको जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij