
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । आमामी चैत १८ गते बुधवार बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट शुरु भएको बैठकमा सांसदहरुले सम्बोधन गरेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सम्बोधन गर्दै भारतले एकतर्फी रुपमा तटबन्ध बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै संसदको शून्य समयमा बोल्दै सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउनेहरुले नै प्रधानमन्त्रीको नैतिकताबारे प्रश्न उठाएको टिप्पणी गरेका थिए । भने अन्य सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
संसद विघटनपछिको यो पाचौँ बैठक हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij