
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीसँग भेट्न समय मागेको बताउँदै छिट्टै भेट हुने अपेक्षा गरेको बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै उनले भेटका लागि समय मागे पनि प्रधानमन्त्रीले खबर नपठाएको तर आफूले छिट्टै भेट हुने अपेक्षा गरेको बताएका हुन् ।
सरकारले संसद् लाई ‘विजनेस’ नदिँदा सदनले प्रभावकारी ढंगले काम गर्न नसकिरहेका बेला सभामुखले प्रधानमन्त्रीसँग बसेर छलफल गर्न समय मागेका छन्। उनले थपे, ‘एकजनाभन्दा दुईजनाले सोच्दा फरक हुन्छ । त्यसैले मैले पहल गरिरहेको छु।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij