काठमाडौं । राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिनको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । दुई दिनसम्म उनको अनुपस्थितिमा गरिने सबै काम नेपालको संविधान बमोजिम उपराष्ट्रपतिबाट हुने भएको हो ।