
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा महिला समावेशीता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री महतोले भनिन्,‘महिला दिदिबहिनी सहकारीमार्फत उत्पादनमा जोडिएकी कारण सरकारले पनि ठूलो अपेक्षा गरेको छ ।’ उनले नीति नियमबाट सहकारी र महिला उद्यमशीलताका लागि समस्या परेको भए आफूले त्यसका लागि पहल गर्ने बचत समेत दिइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले सहकारीमार्फत महिला आपसमा मिलेर टोलटोलमा उद्यमशीलता तथा उत्पादन वृद्धिको कार्य गरीरहेको भन्दै खुसी व्यक्त गरेकी छन् । ‘सहकारी ५६ प्रतिशत महिला सहभागीता छ । महिलाको आर्थिक, सामाजिक, सांस्कृति र राजनीतिक चेतना बृद्धि गर्ने विषयमा सहकारीको योगदान महत्वपूर्ण छ ।’मन्त्री महतो अब अधिकार खोज्ने भन्दा पनि गरेर देखाउने बेला आएको बताइन् । नीति नियमले ग्यारेन्टी गरेको विषयमा महिलाले जिम्मेवारी पाउनुपर्ने र उत्कृष्ट कार्य गरेर देखाउनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा सांसद मनकुमारी जिसी,महासंघका उपाध्यक्ष रमेश पोखरेल, सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, सञ्चालक अमृता सुब्बा,पदमा गुरुङले महिला समावेशिताको विषयमा बोलेका थिए । दुई दिने गोष्ठीमा महिला उद्यमी कमला सुवेदी, मल्लिका श्रेष्ठले आफ्नो अनुभव आदान प्रदान गर्ने कायृक्रम छ । त्यसैगरी महिला समावेशिताका लागि संघले गरेको प्रयास एवं चुनौतीहरूको विषयमा समेत सोमबार प्रस्तुती हुने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij