
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि सोमवार ९भोलि० बंगलादेशतर्फ जाँदैछिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । सो कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल-बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिनेछिन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारी र बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग दुई पक्षीय कुराकानी हुनेछ । समकक्षीसँगको भेटघाटपछि राष्ट्रपति भण्डारी समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी रहने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँको शहीद स्मारकको भ्रमण, ढाकास्थित नेपाली दूतवास भ्रमण साथै नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको बताइएको छ ।
सांस्कृतिक टोली समेत रहने राष्ट्रपति भण्डारीको भ्रमणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij