Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

‘म भए बेडरुममै पसेर ओलीको गाला मुसार्दै फकाउथें’ : माधव नेपाल

‘म भए बेडरुममै पसेर ओलीको गाला मुसार्दै फकाउथें’ : माधव नेपाल

  • काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री केपी शर्मा ओलीसँग नछुट्टिने बताएका छन्। खनाल-नेपाल  निकट युवाहरूको भेलालाई सम्बोधन  गर्दै नेता नेपालले आफूहरू छुट्टिइहाल्ने पक्षमा नभएको बताएका हुन् । ओलीसँग ४८ वर्ष पुरानो ‘मायाप्रीति’ भएको भन्दै उनले ओलीसँगको सम्बन्ध सजिलै नतोडिने बताए । नेपालले भने, ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं । केपी ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? हाम्रो मायाप्रीति ४८ वर्ष पुरानो हो । हामी एकताको हात बढाउन चाहन्छौं ।’

    images
    images
    images

    आफू भएको भए निवासमै पुगेर फकाउने उनको भनाइ थियो । ‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुपममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन ? गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन’ नेपालले भने।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij