Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

एमाले संसदीय दलको बैठक: नेपाल समूहका ४ नेतासहित देखिए ६ नयाँ अनुहार

एमाले संसदीय दलको बैठक: नेपाल समूहका ४ नेतासहित देखिए ६ नयाँ अनुहार

  • काठमाडौँ- एमाले संसदीय दलको बैठकमा आज ६ जना नयाँ अनुहार देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नेता माधव कुमार नेपाल पक्षीय ४ सांसद पनि सहभागी भएका छन् । नेपाल पक्षीय सांसदहरु कृष्णभक्त पोखरेल, सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बैठकमा सहभागी भएका हुन् । नेपालका विश्वासपात्र मानिने पोखरेलले नेपाल लगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए ।

    images
    images
    images

    यस्तै गृहमन्त्री रामबहादुर थापा बादल पनि बैठकमा सहभागी भएका छन् । पूर्व माओवादी नेता उनी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्यूँतिएपनि उनी एमालेमै रहेका छन् ।

    यस्तै एमाले उपाध्यक्ष वामदेव गौतम पनि आजको बैठकमा सहभागी भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij