Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

‘आफू कहाँ हुन्छ भनेर होइन देश कहाँ हुन्छ भनेर हेरौं’: सांसद भुसाल

‘आफू कहाँ हुन्छ भनेर होइन देश कहाँ हुन्छ भनेर हेरौं’: सांसद भुसाल

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले देशलाई प्राथमिकतामा राखेर राजनीति गर्नुपर्ने बताएकी छन्। शुक्रवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै सांसद भुसालले व्यक्तिवादी भन्दापनि मुलुकको विकास र संविधानलाई ध्यानमा राखेर अघि बढ्न नेताहरूलाई सुझाएकी हुन् । उनले भनिन्, ‘आफू कहाँ हुन्छ भनेर होइन देश र संविधान कहाँ हुन्छ भनेर हेरौं।’ सम्बोधनका क्रममा सांसद भुसालले कार्यब्यबस्था समितिमा बिजनेश दिनुको सट्टा सरकारले सडकमा गएर सभामुखलाई गाली गर्दै हिडेको भन्दै आपत्ती जनाइन् । चीनले दिन लागेको कोभिड १९ को भ्याक्सिन ल्याउँन समेत सरकारले नसकेको उनले बताइन्।

    images
    images
    images

    आर्थिक वृद्धि माइनस २ मा पुगेको भन्दै भुसालले स्वेतपत्र जारी सरकारलाई आग्रह गरिन् । दैनिकरुपमा सदन संचालन हुनुपर्ने बताउँदै भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गलत कदमको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij