Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन शनिवार हुने

व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन शनिवार हुने


  • काठमाडौं ।  नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत ७ गते शनिवार हुने भएको छ । निजी साना तथा मझौला व्यवसायीको छाता संगठनका रूपमा रहेको महासंगठनको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशन हुन लागेको हो । महासंघका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीमा देखिएको समस्या समाधानका लागि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

    images
    images
    images

    “कोरोना महामारीको समयमा बन्द रहेका सटर खुलाउन, चिनियाँ नाकामा देखिएका समस्या सुल्झाउन र राज्यका तर्फबाट बनाइएका असहज नीतिको विरोधमा महासंघले एकढिक्का भएर काम गरेको छ”, उनले भने । यस्तै महासंघले बैंक तथा वित्तीय संस्थाले लिने ऋणको ब्याजदर तथा घरबहालको विषयमा देखिएका समस्या समाधानका लागिसमेत नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो ।

    विसं २०७४ मा स्थापना भएको महासंघमा देशभरका २१ संघको आवद्धता रहेको छ । महासंघको साधारणसभासँगै नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ । महासंघमा देशभरका १० हजारभन्दा बढी उद्योगी व्यवसायी आवद्ध छन् ।

    महासंघको नयाँ नेतृत्वका लागि बुधवारै उम्मेदवारी दर्तासमेत भइसकेको छ । महासंघको भावी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष कुमार कार्की, उपाध्यक्ष माधव खरेल र महासचिव अञ्जन शाक्यले उम्मेदवारी दर्तासमेत गरिसकेका छन् । वरिष्ठ उपाध्यक्ष कार्की नेपाल व्यापार संघ, उपाध्यक्ष खरेल एकता व्यापार सङ्घ र महासचिव शाक्य रञ्जना व्यापार संघकी अध्यक्ष हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij