
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक शुरु भएको छ । बिहीवार (आज) बिहान ११ बजेका लागि बैठक बोलाइएपनि प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक शुरु भएको हो । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु उपस्थित भएका छैनन् । संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा आफूखुसी निर्णय गरेको भन्दै नेपालखनाल पक्षले राष्ट्रिय भेला गरिरहेको छ । यसैगरी आजै नै खनाल नेपाल पक्षले आफू निकटका सांसदहरुसँग छलफल समेत गरेको छ ।
छलफलबाट स्थायी कमिटी सदस्य बाहेकका सांसदहरुलाई बालुवाटार बैठकमा उपस्थितिका लागि पठाएपनि पछि बाटैबाट फर्काएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij