सुर्खेत । केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज(बुधवार) बसेको ओली पक्षीय एमाले संसदीय दलको बैठकले महेन्द्र बहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल सहित १० जना सांसदहरुले संयुक्त हस्ताक्षर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने र संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरिएको छ । त्यस्तै, मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्ने निर्णय बैठकले लिएको छ ।