
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । मालपोत कार्यालय बाराका कार्यालय प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखनदास बद्रीप्रसाद बडालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको हो । सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई चाँडो काम गरिदिने भन्दै उनीहरुले ६ लाख रुपियाँ घुस लिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij