
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । केही दिन यता घटबढ भैरहेको नेपाली शेयर बजार आज भने उकालो लागेको छ । बुधबार नेप्से १.६९ प्रतिशत अर्थात ४०.४ अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको हो । नेप्से परिसुचक अनुसार आज २१२ कम्पनीका ४४ हजार ६९७ पटक कारोबार भएर ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँ बराबरको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर खरिद बिक्रि भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ८.११ अंकले बढेर ४३८.६० विन्दुमा पुगेको छ । आज सबै उपसमुहहरुको नेप्से परिसुचक बढेको छ । सबैभन्दा होटल एण्ड टुरिजम समुहको ४.२६ प्रतिशतले परिसुचक बढेको भने सबैभन्दा कम म्युर्चुअल फण्ड समुहको ०.७८ प्रतिशतले बढेको हो ।
नेप्सेका अनुसार आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार धेरै भएको छ । बैंकको २० करोड ४ लाख भन्दा धेरैको कारोबार भएको छ । बैैकको प्रतिशेयर मुल्य ५३० रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij