Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

  • काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भट्टराईले बताए । एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठक बालुवाटारमा बोलाएको उनले जानकारी दिए । दलको बैठकका एजेन्डाबारे भट्टराईले भने,'समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्नेबारे संसदीय दलको बैठकमा छलफल हुनेछ ।' एमाले पार्टीभित्र पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ । असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको बेलामा ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij