
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले झापा घर भई काठमाडौं महानगरपालिका-४ का ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई पक्राउ गरेको हो।उनलाई सिआइबीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। उपेन्द्रप्रसाद ढुंगानाले २०७५ असार २ गते पैसा नभएको खाताबाट चेक काटेर उर्मिलालाई दिएका थिए। त्यसपछि उर्मिला कँडेलले ढुंगानाविरूद्ध प्रहरीमा बैंकिङ कसूरको मुद्दामा जाहेरी दिएकी हुन्। सो मुद्दामा उच्च अदालत पाटनले २०७७ माघ ५ गते ढुंगानालाई एक महिना कैद र एक करोड ८५ लाख जरिवाना हुने ठहर भएको थियो।
सो सजाय बेरुजु भई फरार रहेका ढुंगानालाई पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij