
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्प्से)ले नेपाल इन्फ्रास्टक्चर बैंक(निफ्रा)संग स्पष्टीकरण सोधेको छ । निफ्राले ३ करोड डलरको बन्ड जारी गर्ने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने समाचार आएपछि नेप्सेले स्पष्टीकरण सोधेको हो । गतआइतबार निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए । रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको, इन्सुरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्सुरेन्स बन्ड, कम्पनीको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने संवेदनशील सूचना प्रचार गर्नुको कारण र उक्त विषयमा सत्य तथ्य बताउन भन्दै नेप्सेले निफ्रालाई पत्र लेखेको छ ।
नेप्सेले शुक्रबार ३ दिन भित्र स्पष्टीकरण पेश गर्ने निर्देशन दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij