Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लगे : झलनाथ खनाल

ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लगे : झलनाथ खनाल

  • काठमाडौँ ।  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको आरोप लगाएका छन् । बुधबार झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णय अनुसार अगाडि बढ्नुपर्नेमा जथाभावी निर्णय गरेको बताए । ‘केपी ओलीले जुन ढ्रगले त्यो काम गर्नुभएको छ । पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गर्नुभएको छ । यसले पार्टीमा रोष पैदा भएको छ’ उनले भने । गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरुको उपस्थितिमा एमालेको पदाधिकारी खारेज गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र विधान संशोधन गर्ने निर्णय गरेका थिए ।

    images
    images
    images

    वरिष्ठ नेता खनालले अध्यक्ष ओलीले चालेको कदम र आगामी दिनमा पार्टीले चाल्नुपर्ने कदमबारे राष्ट्रिय भेलाले दिने निश्कर्ष अनुसार अघि बढ्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij