Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

क्यूआर कोडमार्फत दैनिक डेढ करोड कारोबार

क्यूआर कोडमार्फत दैनिक डेढ करोड कारोबार

  • क्यूआर कोडमार्फत दैनिक डेढ करोड रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार हुने राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको सात महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार माघमा मात्रै क्यूआर कोडमार्फत १ अर्ब ७१ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार यो कारोबार गत पुस महिनाको तुलनामा ४६ करोड ७० लाख रुपैयाँ बढी हो। माघमा क्यूआर कोडमार्फत भएको भुक्तानी औसतमा गणना गर्दा दैनिक डेढ करोडभन्दा बढी हुन आउँछ । माघमा क्यूआर कोडमार्फत दैनिक औसत १ करोड ५५ लाख ६६ हजार ६ सय रुपैयाँ भुक्तानी कारोबार भएको छ । पछिल्लो केही महिनायता राष्ट्र बैंककले क्यूआर कोडमार्फत हुने भुक्तानीलाई प्रोत्साहन गरिरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij