
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं। लामो समयको संवादहिनता तोड्दै हिजो (सोमवार) धुम्बाराहिमा भेटेका नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताहरुबीचको तिक्तता र दूरी झनै बढ्ने संकेत देखिएका बेला आज (मंगलवार) पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता वामदेव गौतमले डाकेको कार्यक्रम एउटै समयमा परेको छ । ओलीले ११ बजेका लागि बालुवाटारमा चियापान आह्वान गरेकै समयमा वामदेव गौतम समूहले कलंकीमा कार्यक्रम आयोजना गर्नुलाई सत्तारुढ दलको विवाद र अनतरकलह कुन हदसम्म चुलिएको छ भनेर सहजै बुझ्न सकिन्छ । त्यतिमात्रै होईन, यो सहित एमालेका तीन समूहका बेग्लाबेग्लै कार्यक्रमहरु आजका लागि तय गरिएको छ ।
पार्टी अध्यक्ष ओलीले डाकेको बैठकमा नजाने अडान लिएका माधव कुमार नेपाल र झलनाथ खनाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ। सोही कार्यक्रमबारे जानकारी दिन २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका उक्त समूहले सार्वजनिक गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij