Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

प्रचण्डको मोबाइलमा बजेको ओलीको घन्टी !

प्रचण्डको मोबाइलमा बजेको ओलीको घन्टी !

  • स्रोतका अनुसार ओलीले ‘मेरो कुरा मान्नैपर्छ भन्ने छैन तर, कुरा गर्न चाहन्छु’ भन्दै प्रचण्डलाई भेटका लागि समय मिलाउने प्रस्ताव गरेका छन् ।

    images
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटको प्रस्ताव राखेका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले दाहाललाई फोन गरेर भेटको प्रस्ताव राखेका हुन् ।

    स्रोतका अनुसार ओलीले ‘मेरो कुरा मान्नैपर्छ भन्ने छैन तर, कुरा गर्न चाहन्छु’ भन्दै प्रचण्डलाई भेटका लागि समय मिलाउने प्रस्ताव गरेका छन् । ‘दाहालनिकट स्रोतले बताएअनुसार प्रचण्डले समेत उक्त प्रस्तावलाई स्वीकार्दै भेटवार्ता गर्न तयार भएका छन् । गत पुस १५ गते ओलीले दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेपश्चात् उनीहरुबीच सामान्य संवाद समेत भएको छैन ।

    यही फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज गररेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij