
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलविरुद्ध कारवाहीको लागि मुख्यमन्त्री समक्ष सिफारिस गरिएको छ । सोमवार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुख्यमन्त्रीलाई पत्र लेख्दै कारवाहीको लागि सिफारिस गरेका हुन् । पौडेलले २०७७ साउन १६ गते मन्त्रालयमा पद वहाली गरेको र त्यसदिनबाट नै मन्त्रालय भन्दा आफ्नै व्यक्तिगत काममा व्यस्त भएको आरोप पौडेलविरुद्ध रहेको छ । मुख्यमन्त्रीलाई पत्र लेख्दै मन्त्री रावलले पौडेलले मन्त्रालयको काममा सिन्को नभाचेको आरोप लगाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij