काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार कोरोनाभाइरस विरुद्धको खोप लगाउने भएकी छन् । राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।